१ जनवरी २०२६ बाट केहि सार्वजनिक स्वास्थ्य सेवाहरूको शुल्क समायोजन गरिनेछ। साथै, सरकारले चिकित्सा शुल्क छुटको व्यवस्थालाई प्रगाढ बनाउनेछ । जनवरी वा फेब्रुअरी २०२६ बिच सार्वजनिक अस्पताल या क्लिनिकमा नियुक्ति तय भएका सर्वसाधरणले आजदेखि आवेदन दिन सक्नेछन्।
सार्वजनिक स्वास्थ्य सेवा शुल्क सुधार र बढाइएको चिकित्सा शुल्क छुटको विवरणको लागि, कृपया तलको पर्चा हेर्नुहोस्।यो पर्चा हाल अंग्रेजी, चिनियाँ र उर्दू भाषाहरुमामा उपलब्ध छन्।
जातीय अल्पसंख्यक समुदायहरूलाई सहयोग गर्न हिन्दी, थाई, तागालोग (फिलिपिनो), भियतनामी र बहासा इन्डोनेसिया लगायत थप भाषा संस्करणहरू क्रमशः जारी गरिनेछ।